२ कार्तिक २०८३, सोमबार

राष्ट्रपतिबारे छलफल गर्न नेकपा एसका नेताहरु पुगे देउवा निवास, उपेन्द्र बाहिरिए

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० फागुन । नेकपा (एकीकृत समाजवादी) का नेताहरु नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा पुगेका छन् ।

राष्ट्रपतिको निर्वाचनकाबारेमा छलफल गर्न घनश्याम भुसाल, बेदुराम भुसाल लगायतका नेताहरु देउवा निवास पुगेका हुन् ।

नेकपा एसका नेताहरु पुगेसँगै जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव देउवासँग छलफल गरेर धुम्बाराहीबाट बाहिरिएका छन् ।

यसअघि आजै बिहान लोसपाका नेताहरु देउवा निवास पुगेर छलफल गरेका थिए ।