१ कार्तिक २०८३, आइतबार

पल शाहले जेलमै मनाए जन्मदिन, केक बोकेर पुगिन् पूजा शर्मा

1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० फागुन । अभिनेता पल शाहले जेलमै आफ्नो जन्मदिन मनाएका छन् ।

शाहले बुधबार तनहुँ जेलभित्रै जन्मदिन मनाएका हुन् । पल बुधबार ३३ वर्ष पुगेका छन् । कारागार प्रशासनले आफन्त र केही साथीभाइको उपस्थितिमा केक काटेर जन्मदिन मनाउन शाहलाई अनुमति दिएको थियो ।

पललाई जन्मदिनको शुभकामना दिन अभिनेत्री पूजा शर्मा, निर्देशक शोभित बस्नेत र संगीतकार योगेशकाजी लगायतका कलाकारहरु कारागारमै पुगेका थिए ।

पूजाले पल र पूजाको फोटो भएको केक बोकेर पुगेकी थिइन् । पललाई तनहुँ जिल्ला अदालतले जबर्जस्ती करणीको मुद्दामा सफाइ दिइसकेको छ ।

उनी यतिबेला नवलपुर जिल्ला अदालतले बालयौन दुर्व्यवहारको आरोपमा साढे दुई वर्ष जेल सजाय काटिरहेका छन् । नवलपुर अदालतको फैसललाई चुनौती दिंदै पलले उच्च अदालत पोखरामा पुनरावेदन दिएका छन् ।