२ कार्तिक २०८३, सोमबार

गरिबलाई थला पार्ने लघुवित्तलाई कारबाही गर्न सांसद गगन थापाको माग

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० फागुन । नेपाली कांग्रेसका सांसद गगन थापाले अनुचित नाफा कमाउन मनपरी गर्ने लघुवित्तलाई कारबाही गर्न माग गरेका छन् ।

प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै उनले अनुचित नाफा कमाउन जे पनि गर्ने लघुवित्त संस्थाहरूलाई कारबाही गर्न सदनमार्फत सरकारको ध्यानाकर्षण गराएका हुन् ।

लघुवित्त संस्थाले अति न्यून आय भएका गरिबलाई झन् गरिब बनाएको उनको भनाई छ ।

‘मर्कामा परेकालाई राहत दिनुपर्छ। बदनियतसाथ काम गर्ने लघुवित्त संस्थालाई कारबाही गर्नुपर्छ । अति न्यून आय भएका गरिबलाई गरिबीको आहालबाट निकाल्नका लागि काम होला भनेको कयौं लघुवित्तका कारणले गर्दा गरिब थला पर्न पनि नसक्ने गरिकन थला परेका छन,’ थापाले भने ।

उनले वित्तीय साक्षरतालाई स्थानीय तहसँग साझेदारीमा तल्लो तहसम्म लैजानुपर्ने र लघुवित्तका कारण मर्कामा परेकालाई राहत दिइनुपर्ने पनि माग गरेका छन् ।

नेपाल राष्ट्र बैंकले एउटा ऋणीलाई एक मात्र संस्थाबाट ऋण लिन पाउने प्रावधान राख्न संसाद थापाको आग्रह छ ।