२ कार्तिक २०८३, सोमबार

ट्याक्सी चालक र राइडरको रुपमा युएई र कतार जान रोक

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० फागुन । वैदेशिक रोजगार विभागले युनाइटेड अरब इमिरेटस् (युएई) र कतारमा मोटरसाइकल र ट्याक्सी चालक पदका लागि जान रोक लगाएको छ ।

विभागले सूचना प्रकाशित गरी वैदेशिक रोजगारीका क्रममा युएई र कतारमा राईडर तथा ट्याक्सी चालक पदका लागि जान रोक लगाएको हो । अर्को निर्णय नभएसम्म सो पदको मागपत्र प्रमाणीकरण नगर्न कतार र युएईस्थित नेपाली दूतावासलाई समेत अनुरोध गरिएको विभागद्वारा प्रकाशित सूचनामा उल्लेख छ ।

युएई र कतारमा यी पदमा गएका अधिकांश श्रमिक समस्यामा परेकोले पूर्वस्वीकृति रोक्ने निर्णय गरिएको वैदेशिक रोजगार विभागले जनाएको छ ।

पछिल्लो समय मोटरसाइकल र ट्याक्सी चालक पदमा त्यहाँ जाने श्रमिकले स्वीकृति मागपत्रबमोजिमको न्यूनतम तलब प्राप्त गर्न नसकेको गुनासो बढेकाले तत्कालका लागि श्रम पूर्वस्वीकृति रोक्ने निर्णय गरिएको विभागका सूचना अधिकारी कृष्णप्रसाद भुसालले जानकारी दिए ।

सहजरूपमा लाइसेन्स प्राप्त गर्न नसक्दा लामो समय काम विहीन भई बस्नुपरेको र अधिकांश श्रमिक धेरैपटक ट्राफिक कारबाहीमा परी ठूलो जरिवानामा परेको तथा जेल जीवन नै बिताउनु परेको विभागले जनाएको छ ।