२ कार्तिक २०८३, सोमबार

राष्ट्रपति निर्वाचनमा चीनको चासो: चिनियाँ राजदूत सङले भेटे प्रधानमन्त्री प्रचण्डलाई

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० फागुन । राष्ट्रपतिको निर्वाचन नजिकिँदै जाँदा नेपालमा चीनको सक्रियता बढेको छ ।

चिनियाँ राजदूत छन सङले बुधबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटवार्ता गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर सङले प्रधानमन्त्रीसँग भेटवार्ता गरेका हुन् ।

भेटमा राजदूत सङले प्रधानमन्त्री प्रचण्डलाई बोआओ फोरमको निम्तो पनि दिएका बताइएको छ । बोआओ फोरमको सम्मलेन चैत १४ देखि १७ सम्म चीनको हैनान प्रान्तमा हुँदै छ ।

राजदूत सङले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगायत अन्य दलका शीर्ष नेताहरुसँगको भेटवार्ता पनि बाक्लो बनाइरहेका छन् ।