२ कार्तिक २०८३, सोमबार

प्रधानमन्त्री प्रचण्डलाई भेट्न एमाले अध्यक्ष ओलीसहित गठबन्धनका नेताहरु बालुवाटार जाँदै

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटवार्ताका लागि नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसहित गठबन्धनका नेताहरु बालुवाटार जाँदैछन् ।

प्रधानमन्त्रीलाई भेट्न राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन लगायत नेताहरु पनि बालुवाटार जाने तयारीमा रहेका बुझिएको छ ।

गठबन्धनमा राष्ट्रपति कसलाई बनाउने भन्ने विषयमा विवाद देखिएको छ ।

विशेषत प्रधानमन्त्री प्रचण्ड एमालेलाई राष्ट्रपति नदिने पक्षमा देखिएका छन् भने एमालेले पूर्व सहमति अनुरुप राष्ट्रपति पाउनुपर्ने अडान राखेको छ ।