२ कार्तिक २०८३, सोमबार

महिलाले दुईजना छोराहरुसहित गण्डक नहरमा हाम फालिन्

1.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ फागुन । पश्चिम नवलपरासी सुस्ता गाउँपालिका-२ स्थित गण्डक नहरमा एक महिलाले दुईजना छोरासहित हाम फालेकी छिन् ।

२९ वर्षीया प्रतिमा थारु ९ वर्षीय छोरा कृष थारु र ७ वर्षीय छोरा सुमित थारुसहित नहरमा हाम फालेकी हुन् । हाम फालेलगत्तै उनीहरु बेपत्ता भएका छन् ।

उनीहरुको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।