२ कार्तिक २०८३, सोमबार

विमानमा समस्या देखिएपछि धावनमार्ग छोड्नै लागेको सौर्य एयरको उडान रोकियो

924
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ फागुन । काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विराटनगरका लागि उडान भर्न तयारी अवस्थामा रहेको सौर्य एयरलाइन्सको जहाजको उडान रोकिएको छ ।

एसएयू ७२१ नम्बरको जहाजमा समस्या देखिएपछि धावनमार्ग छोड्नै लागेको जहाजको उडान रोकिएको हो ।

उडान भर्नका लागि धावनमार्गमा पुगेको विमानको इण्डिकेटरले समस्या देखाएपछि फिर्ता भएको विमानस्थल स्रोतले जानकारी दिएको छ ।

विमानमा के समस्या भएको भन्नेबारेमा परीक्षण भइरहेको बताइएको छ ।