
काठमाडौं, ९ फागुन । आइसीसी विश्वकप लिग-२ एक दिवसीय त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा अहिले नेपाल र स्कटल्याण्डले प्रतिस्पर्धा गरिरहेका छन् ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस जितेर नेपालले फिल्डिङ रोजेपछि ब्याटिङ गरिरहेको स्कटल्यान्डले २३ ओभरको समाप्तीमा ५ विकेटको क्षतिमा १ सय २४ रन बनाएर खेलिरहेको छ।
नेपालका लागि स्पिनर सन्दीप लामिछानेले एक्लैले ४ विकेट लिए। कुशल मल्लले एक विकेट लिएका छन्। सिरिजमा यसअघि नेपालले लगातार तीन खेलमा जित हात पारेको थियो।
नामिबियाविरुद्ध दुवै खेलमा नेपालले जित हात पारेको थियो। यस्तै नेपालले स्कटल्यान्डलाई हराएको थियो। नेपाल २७ खेलबाट २४ अंक जोड्दै छैटौं स्थानमा छ।















प्रतिक्रिया