२ कार्तिक २०८३, सोमबार

खाना पकाउने ग्यास लिक भएर आगलागी हुँदा ८ जना घाइते, चारजनाको अवस्था गम्भीर

3.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ फागुन । सुनसरीको धरानमा ग्यास सिलिण्डर लिक भएर भएको आगलागीमा परेर ८ जना घाइते भएका छन् ।

धरान उपमहानगरपालिका-१७ स्थित अञ्जना राईको कोठामा खाना पकाउने ग्यास लिक भएर आगलागी भएको प्रहरीले जानकारी दिएको ।

घाइते हुनेहरूमा घरधनी २७ वर्षीय सबिता राई, कोठा भाडामा बस्ने ४२ वर्षीय अञ्जना राई, ६५ वर्षीय रामकुमारी राई, ८ वर्षीय साङ्केन राई, १० वर्षीय सुमिहाङ राई, कोसी ग्यासका प्राविधिक धरान ११ बस्ने १९ वर्षीय अनीश कार्की र सिराहा बन्दीपुर बस्ने १८ वर्षीय वासुदेव खड्का रहेका छन् ।

घाइतेमध्य चार जनाको अवस्था गम्भीर रहेको छ । घाइतेहरुको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।