२ कार्तिक २०८३, सोमबार

माओवादी पदाधिकारी बैठक: राष्ट्रपतिमा राष्ट्रिय सहमति कै अडान, अन्तिम निर्णय गर्ने जिम्मा प्रचण्डलाई

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ फागुन । नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठकले राष्ट्रपतिमा राष्ट्रिय सहमति कै अडानलाई निरन्तरता दिएको छ ।

आज बसेको पदाधिकारी बैठकले राष्ट्रपतिमा राष्ट्रिय सहमतिमा हुनुपर्ने निर्णय भएको पार्टी प्रवक्ता कृष्णबहादुर महराले बताए ।

बैठकले अन्तिम निर्णय गर्ने अधिकार भने प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ । प्रवक्ता महराले फागुन १२ गतेसम्म राष्ट्रिय सहमतिमा राष्ट्रपतिको नाम टुंगो लाग्ने सम्भावना रहेको बताए ।

बैठकमा अध्यक्ष प्रचण्डले पछिल्लो राजनीतिक परिस्थितिबारेमा पदाधिकारीहरुलाई ब्रिफिङसमेत गरेका थिए ।