१ कार्तिक २०८३, शनिबार

तनहुँमा २४ वर्षीया महिला कलात्कृत, एक जना पक्राउ

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तनहुँ, ८ फागुन । २४ वर्षीय एक महिलालाई बलात्कार गरेको भन्दै तनहुँमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जिल्लाको शुक्लागण्डकी नगरपालिका–३ भण्डारीगाउँ बस्ने ३९ वर्षीय सुभास कार्की छन् । उनलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

बिहीबार बिहान कार्कीले ती महिलालाई बलात्कार गरेको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।