१ कार्तिक २०८३, शनिबार

स्याङ्जामा ट्र्याक्टर दुर्घटना हुँदा चालक र सहचालक दुवैको मृत्यु

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

स्याङ्जा, ८ फागुन । स्याङ्जाको वालिङमा ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

जगत भञ्ज्याङबाट मिर्दीका लागि छुटेको ग १ त ६८८६ नम्बरको ट्र्याक्टर वालिङ–६ को आम्डालीमा दुर्घटना भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका चालक चापाकोट–२ का नविन सुनार र वालिङ–८ का १४ वर्षका सोविन विकको उपचारका क्रममा मृत्यु भएको हो ।

गएराति ढुङ्गा बोकेको ट्र्याक्टर अनियन्त्रित भइ सडकबाट १५ मिटर तल झरेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।