
हेटौंडा, ९ फागुन। मकवानपुरको मनहरीमा जंगली हात्तीको आक्रमणबाट एकजना वृद्धा गम्भीर घाइते भएकी छन् ।
घाइते हुनेमा मनहरी-४ वनकरिया टोलकी ६४ वर्षीया राधा अधिकारी रहेकी छन् । सोमबार बिहान घर नजिकै बसिरहेको अवस्थामा उनलाई जंगली हात्तीले आक्रमण गरेको प्रहरीले जनाएको छ ।
घाइते अधिकारीको हेटौंडास्थित चुरेहिल अस्पतालमा उपचार भइरहेको छ । केहीदिन अघिदेखि मनहरी-४ र ५ का विभिन्न क्षेत्रमा पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रको जंगली हात्तीले आतंक मच्चाइरहेका छन् ।
आज हात्ती आक्रमणकै कारण वृद्ध घाइते भएपछि आक्रोसित स्थानीयहरुले निकुञ्जको पदमपोखरी सेक्टर कार्यालयको ना १ झ ९८८ नम्बरको जिप तोडफोड गरेका छन्।
निकुञ्जले हात्ती नियन्त्रणमा लिन नसकेको भन्दै आक्रोसित बनेका स्थानीयले जिप तोडफोड गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।















प्रतिक्रिया