२ कार्तिक २०८३, सोमबार

भारतले दियो नेपाललाई मिर्गौला डायलासिस उपकरण

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ फागुन । भारत सरकारले नेपाल सरकारलाई मिर्गौला डायलासिस उपकरण हस्तान्तरण गरेको छ ।

सोमबार स्वास्थ्य मन्त्रालयमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले स्वास्थ्यमन्त्री पद्म गिरीलाई डायलासिस उपकरण हस्तान्तरण गरेका हुन् ।

भारतीय राजदूत श्रीवास्तबले नेपाल सरकारले एक वर्षअघि माग गरेको मेसिन अहिले उपलब्ध गराएको जानकारी दिए । डायलासिस उपकरणले नेपालको स्वास्थ्य संरचनाको पूर्वाधारमा सहयोग पुग्ने उनको विश्वास छ ।

उनले सन् २००३ देखि साना परियोजनामार्फत भारत सरकारले नेपालमा सामुदायिक अस्पताल, स्वास्थ्य उपकरण र औषधि उपलब्ध गराउँदै आएको जानकारी दिए ।

त्यस्तै स्वास्थ्यमन्त्री गिरीले भारत सरकारले उपलब्ध गराएको उपकरणलाई आवश्यक ठाँउमा पुर्‍याएर सहज रुपमा उपचार सेवा सुरु गर्ने बताए ।

भारतले दुई सय थानमध्ये कार्यक्रममा २० वटा उपकरण उपलब्ध गराएको हो । बाँकी उपकरण छिट्टै नेपाल ल्याइने दूतावासले जानकारी दिएको छ ।