
काठमाडौं, ८ फागुन । भूगोल इनर्जी डेभलपमेन्टले आजदेखि स्थानीय तथा वैदेशिक रोजगारमा गएका नेपलीहरुका लागि आइपीओ बिक्री खुला गरेको छ ।
नेपाल सरकारको सम्वन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी कम्पनीले आइपीओ बिक्री खुला गरेको हो । कम्पनीकाअनुसार स्थानीयका लागि जारी पुँजी ५० करोड ४० लाख ५३ हजार ४ सय रुपैयाँको १० प्रतिशतका दरले हुनआउने ५ करोड ४४ लाख ५ हजार ३ सय रुपैयाँ बराबरको सेयर बिक्री खुला गरेको हो भने बैदेशिक रोजागारमा गएकाहरुका लागि एक करोड ८ लाख ८१ हजार एक सय रुपैयाँ बराबरको सेयर बिक्री खुला गरेको छ ।
इनर्जीले स्थानीयका लागि एक सय रुपैयाँ अंकित मूल्यमा ५ लाख ४४ हजार ५३ कित्ता सेयर निष्कासन गरेको हो । वैदेशिक रोजगारीमा रहेका नेपालीलाई भने १ लाख ८ हजार ८११ कित्ता सेयर छुट्याइएको छ । स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीले प्रति कित्ता एक सय रुपैयाँको दरले न्यूनतम १० कित्तादेखि अधिकतम ३० हजार कित्ता सम्म आवेदन दिन सक्नेछन् ।
यस्तै, दैलेखस्थित नौमुलेद्वारीका स्थानीयका लागि २ लाख ७२ हजार २६ कित्ता र दैलेख जिल्लाका स्थानीयका लागि २ लाख ७२ हजार २६ कित्ता सेयर छुट्याइएको छ । फागुन २५ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा स्थानियले चैत १२ गतेसम्म आवेदन दिन पाउनेछन् ।
स्थानिय बासिन्दाले एनआइसी एसिया बैंक, ग्लोबल आइएमई बैंक र प्रभु बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने नेपाल धितोपत्र बोर्डबाट सी–आस्वा अनुमतिप्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।















प्रतिक्रिया