
काठमाडौं, ८ फागुन । आज (सोमबार) नेपाली बजारमा सुन चाँदीको मूल्य यथावत रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा एक लाख तीन हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।
आइतबार पनि सोही मूल्यमा कारोबार भएको थियो । यस्तै, तेजाबी सुन प्रतितोला एक लाख दुई हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।
महासंघकाअनुसार आज चाँदीको मूल्य पनि यथावत रहेर प्रतितोला एक हजार २९० रुपैयाँमा कारोबार भइरहेको छ ।















प्रतिक्रिया