
काठमाडौ, ८ फागुन । उत्तर कोरियाले दुई वटा ब्यालेष्टिक क्षेप्यास्त्र परीक्षण गरेको छ ।
राजधानी पेनिन्सुलाको पूर्वी सामुन्द्रिक तटमा क्षेप्यास्त्र परीक्षण गरिएको हो । उक्त क्षेप्यास्त्र जापानी समुन्द्र नजिक खसेको थियो ।
जापानी रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार दुवै क्षेप्यास्त्र स्थानीय समय सोमवार बिहान ७ बजे जापानको बिशेष आर्थिक क्षेत्र बाहिर समुन्द्रमा खसालिएका थिए । क्षेप्यास्त्र परीक्षणलाई उत्तरी कोरियाले स्वीकार गरेको छ । उसले यो परीक्षणलाई ‘सुपर लार्ज मल्टिपल रकेट लन्चर’ अभ्यास भनेको छ ।
उत्तर कोरियाले यो परीक्षण संयुक्त राज्य अमेरिका र दक्षिण कोरियाले गरेको संयुक्त सैनिक अभ्यास विरुद्धको प्रतिकृयाका रुपमा अर्थ्याइएको छ ।
अमेरिका र दक्षिण कोरियाले आइतवार संयुक्त हवाई तालिम सञ्चालन गरको थिए । संयुक्त सैन्य अभ्यास जारी राखे अभूतपूर्व प्रतिक्रिया दिने उत्तर कोरियाले दक्षिण कोरियालाई दिएको थियो ।















प्रतिक्रिया