
काठमाडौं ७ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्रीनिवास बालुवाटारमा आइतबार साँझ प्रधानमन्त्री प्रचण्ड र देउवाबीच भेटवार्ता तथा छलफल भएको छ ।
राष्ट्रपति निर्वाचनको मिति नजिकिदै जाँदा राष्ट्रपतिमा दाबी गरिरहेको प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापतिसँग प्रधानमन्त्री प्रचण्डले गरेको भेटलाई अर्थपूर्ण रुपमा लिइएको छ ।
एमाले र सत्तासाझेदार अन्य दलहरूले भने कांग्रेसले थापेको ढोक्सामा माछा नपर्ने अभिव्यक्ति दिँदै आइरहेका छन् ।















प्रतिक्रिया