
काठमाडौं, ७ फागुन । नेपाली सेनाले सेना दिवसको सन्दर्भमा नेपाल आएका भारतीय पूर्वसेनाध्यक्षहरूको सम्मानमा ‘चिफ्स कन्क्लेभ’ आयोजना गरेको छ ।
आज आइतबार जंगी अड्डामा नेपाली सेना स्थापनाको २६०औँ वार्षिक उत्सवका अवसरमा आयोजित सेना दिवस २०७९ मा सहभागी हुन आएका भारतीय सेनाका पूर्वसेनाध्यक्षहरु त्था नेपालका पूर्व प्रधान सेनापतिहरुको सहभागितामा सो कार्यक्रम सम्पन्न गरिएको सैनिक जनसम्पर्क सूचना निर्देशनालयले जनाएको छ ।
प्रधान सेनापति प्रभुराम शर्माको समुपस्थितिमा भएको कार्यक्रममा आपसी सम्बन्ध र हितका विविध विषयमा छलफल भएको निर्देशनालयले जनाएको छ ।
सैनिक प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले भारतीय सेना प्रमुख नेपालको मानार्थ महारथि रहने र नेपालका प्रधानसेनापति पनि भारतको मानार्थ प्रधानसेनापति रहने प्रावधान अनुरुप नै उनीहरुको सम्मानमा छलछफल कार्यक्रम सेना प्रमुख छलफल कार्यक्रम राखिएको जानकारी दिए ।
सेनाले आफ्नो निमन्त्रण मान्न आएका पाहुनाको सम्मान र सम्बन्ध स्थपनाका लागि यस्तो कार्यक्रम गर्ने गरेको छ । एक अर्को देशका मानार्थ महारथि भएकाले एक अर्काबीचको सम्बन्ध र हितकाबारेमा छलफल हुने परम्परा कै निरन्तता स्वरुप कार्यक्रम गरिएको सहायक रथी भण्डारीले बताए ।















प्रतिक्रिया