१ कार्तिक २०८३, शनिबार

सन् २०२२ मा कति भए मानव अधिकार उल्लंघन र ज्यादतीका घटना ?

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ फागुन । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले सन् २०२२ मा भएका मानव अधिकार उल्लंघन तथा ज्यादतीका घटनाहरूको विवरण सार्वजनिक गरेको छ ।

काठमाडौंमा आज आइतबार आयोजित नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ विमोचन कार्यक्रममा इन्सेकले सन् २०२२ को अवधिमा कुल ७ हजार ३७६ जना पीडित भएको तथ्याङ्क सार्वजनिक गरेको हो ।

सन् १९९२ देखि हरेक वर्ष प्रकाशन गर्दै आएको नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ मा सो तथ्याङ्क समेटिएको हो ।

इन्सेकले गरेको अभिलेख अनुसार सन् २०२२ मा मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनामा ७ हजार ३ सय ७६ जना पीडित भए । सन् २०२१ मा यस्ता घटनामा ६ हजार २ सय ८५ जना पीडित भएको अभिलेख राखेको इन्सेकले जनाएको छ ।

सन् २०२२ मा राज्य पक्षाबाट भएका मानव अधिकार उल्लंघनका घटनामा ५० महिला र ५ सय ७२ पुरुष गरी ६ सय २२ जना तथा अन्य पक्षबाट भएका ज्यादतीका घटनामा ५ हजार ९ सय ४४ जना महिला, ८ सय ७ र तीन जना यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यसहित ६ हजार ७ सय ५४ जना पीडित भएका इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले बताए ।

सार्वजनिक तथ्याङ्क अनुसार महिलामाथि हुने हिंसाका घटनामा सबैभन्दा बढी ४ हजार २ सय २८ जना पीडित देखिएको छ ।

महिलाविरुद्धको हिंसामा पनि सबैभन्दा धेरै लुम्बिनी प्रदेशमा १ हजार ६ सय २३, सुदूरपश्चिम प्रदेशमा ९ सय ५६, प्रदेश १ मा ४ सय ५७, बागमती प्रदेशमा ४ सय ३४, गण्डकी प्रदेशमा ३ सय ३७, कर्णाली प्रदेशमा २ सय ११ र मधेश प्रदेशमा २ सय १० जना पीडित भएका इन्सेकले जनाएको छ ।