१ कार्तिक २०८३, शनिबार

सिंघिया खोला पुल निर्माणको काम अविलम्ब सम्पन्न गर्न मन्त्री मोदीको निर्देशन

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ फागुन । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीले सिंघिया खोला पुल निर्माणको काम अविलम्ब सम्पन्न गर्न निर्देशन दिएका छन् ।

निर्माणाधीन पुलको आइतबार बिहान निरीक्षण गर्दै उनले पुल निर्माणको काम अविलम्ब सम्पन्न गर्न सम्बन्धित पक्षलाई निर्देशन दिएका हुन् ।

‘यो पुल यहाँका लागि अत्यन्त आवश्यक पुल हो, मैले दुई पटक चुनाव जितिसकेँ तर यो पुल बनेको छैन, मैले चुनावमा यो पुल जसैगरी बनाउँछु भनेर जनताको बीचमा कसम खाएको छु, अब ढिलाइ नहोस्, यो पुलको निर्माणकार्य अविलम्ब सम्पन्न होस,’ मन्त्री मोदीले भने ।

वि.स. २०५८ सालमा शिलान्यास भएको पुल अझै निर्माण सम्पन्न भएको छैन । सूर्य शान्ति कार्की बन्धु जेबीले निर्माण गरिरहेको पुलको लम्बाई करिब ६० मिटर छ ।

१२ करोड ५७ लाख रुपैयाँ लागतमा बनिरहेको पुलको निर्माणकार्य चालू आर्थिक वर्षमै सप्पन्न गर्ने निर्माण कम्पनीका दीपेन्द्र कार्कीले मन्त्री मोदीलाई जानकारी दिएका छन् ।