१ कार्तिक २०८३, आइतबार

फिलिपिन्समा विमान दुर्घटना

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ फागुन । फिलिपिन्समा विमान दुर्घटना भएको छ ।

शनिबार बिहानबाट बेपत्ता भएको सेस्ना ३४० विमान दुर्घटना भएको हो । राजधानीको दक्षिणमा अवस्थित बिकोल अन्तर्राष्ट्रिय विमानस्थलबाट मनिलाका लागि उडेको केही समयपछि शनिबार बिहान उक्त जाहाज वेपत्ता भएको थियो।

चार जना सवार एउटा सानो विमान मध्य फिलिपिन्समा दुर्घटना भएको हो। नागरिक उड्डयन कार्यालयका अनुसार विमान चालक, चालक दलका अर्का एक सदस्य र दुई जना यात्री विमानमा सवार थिए।

विमान मध्य फिलिपिन्समा दुर्घटना भएको पुष्टि भएपछि उद्दारकर्मीहरु दुर्घटनास्थलसम्म पुग्न सकेका छैनन् । मौसम खराबीका कारण दुर्घटनास्थलसम्म पुग्न नसकिएको बताइएको छ ।