१ कार्तिक २०८३, आइतबार

टर्कीए भूकम्प: टर्कीए र सिरियामा ४६ हजारभन्दा बढीको मृत्यु

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ फागुन । टर्कीएमा गएको विनाशकारी भूकम्पमा परेर टर्कीए र छिमेकी मुलुक सिरियामा ४६ हजारभन्दा बढीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा टर्कीएमा ४० हजार ६ सय ४२ जना र सिरियामा पाँच हजार आठ सय जना रहेका दुवै देशका सरकारी अधिकारीले बताएका छन् । भूकम्पमा परेर दशौँ हजार घाइते भएका छन् ।

टर्कीएको विपद् तथा आपत्कालीन व्यवस्थापन प्राधिकरणले आजबाट उद्दार कार्य स्थगित गर्ने भएको छ । हालसम्म भूकम्प प्रभावित चार लाख ३० हजार मानिसलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।

अब भग्नावशेषमा पुरिएकाहरुको जीवितै उद्दार गर्ने सम्भावना नरहेको सरकारी अधिकारीहरुले बताएका छन् । भूकम्प गएको ११औँ दिनसम्म पनि उद्दारकर्ताहरुले भग्नावशेषमा पुरिएकाहरुको जीवितै उद्दार गरेका छन् ।