
काठमाडौं, ६ फागुन । नेपाली बजारम आइतबार सुनको मूल्य बढेको छ ।
यसअघि बिहीबार र शुक्रबार निरन्तर ओरालो लागेको मूल्य आइतबार पुन बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघकअनुसार आज सुन तोलामा ७ सयले बढेको हो ।
आज छापावाल सुन प्रतितोला एक लाख तीन हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, आज तेजाबी सुन प्रतितोला एक लाख दुई हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ।
महासंघकाअनुसार आज चाँदीको मूल्य पनि शुक्रबारको तुलनामा बढेको छ । चाँदी प्रतितोला एक हजार २९० रुपैयाँमा कारोबार भइरहेको छ ।















प्रतिक्रिया