१ कार्तिक २०८३, शनिबार

प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा सन्देश जारी गर्दै के भने पूर्वराजा शाहले ? (सन्देशसहित)

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ फागुन । पूर्वराजा ज्ञानेन्द्र शाहले देश जोगाउन दलहरूलाई राजसंस्थासँग सहकार्य गर्न आह्वान गरेका छन् ।

प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा एक सन्देश जारी गर्दै उनले देशको अवस्था साह्रै नै बिग्रिएको चर्चा गर्दै राजसंस्थासँग हकार्यको आवश्यकता रहेको औँल्याएका हुन् ।

पूर्वराजा शाहले नेपाल एकीकरणको झन्डै २४० वर्षपछि आफूहरुले शासकीय सत्तारुपी जनताको नासो जनतालाई नै बुझाएको भए पनि अहिले नेपाल विग्रहको चपेटामा फसेको बताएका छन् ।

उनले ७३औं प्रजातन्त्र दिवसको अवसरमा दिएको शुभकामना सन्देशमार्फत अब देश र जनताको रोदन टुलुटलु हेरेर बस्ने पक्षमा आफू नरहेको बताएका छन् ।

‘नेपाल एकीकरणको झन्डै २४० वर्षपछि हामीबाट शासकीय सत्तारुपी जनताको नासो जनतालाई नै बुझाएका थियौं,’ उनले भनेका छन्, ‘विविधतापूर्ण नेपाल अधिराज्यलाई थप प्रतिनिधिमुलक र समावेशी बनाउने प्रयासको विस्तार स्वागत योग्य भए पनि अहिले कुशासन, भ्रष्टाचार, निराशलाग्दो आर्थिक शिथिलता र सामाजिक विग्रहको चपेटामा नेपाल फसेको छ ।’

उनले आगामी उज्यालो भविष्यको लागि राष्ट्रिय बहस आवश्यक भएको बताएका छन् ।

यस्तो छ, सन्देश–