१ कार्तिक २०८३, शनिबार

नेपाली सेनाले कायम गर्‍यो विश्व कीर्तिमान, प्रधानसेनापतिले ग्रहण गरे प्रमाणपत्र

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ फागुन । महाशिवरात्रि तथा सेना दिवसका अवसरमा नेपाली सेनाले विश्व कीर्तिमान कायम गरेको छ ।

नेपाली सेनाले एकैपटक ५५५ वटा नेपाली मौलिक बाजा मादल बजाएर विश्व कीर्तिमान कायम गरेको हो ।

महाशिवरात्रि तथा सेना दिवसका अवसरमा आज शनिबार सैनिक मञ्च टुँडिखेलमा आयोजित समारोहमा पटक पाँच सय ५५ वटा नेपाली मौलिक बाजा मादल बजाएर विश्व कीर्तिमान कायम गरिएको सैनिक जनसम्पर्क निर्देशनालयले जानकारी दिएको छ ।

कीर्तिमान कायम भएपछि प्रधानसेनापति प्रभुराम शर्मालाई सेनाले गिनिजबुक अफ वर्ल्डका नेपाल प्रतिनिधिले प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।