
काठमाडौं, ६ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले महाशिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिर पुगेर पूजा अर्चना गरेकी छिन् ।
राष्ट्रपति भण्डारीले आज शनिबार पशुपतिनाथ मन्दिर पुगेर आराध्यदेव शिवको विशेष पूजा अर्चना गरेकी हुन् ।
पशुपतिमा राष्ट्रपति भण्डारीलाई पशुपति क्षेत्र विकास कोषका पदाधिकारीहरूले स्वागत गरेका थिए । महाशिवरात्रि पर्वका अवसरमा राष्ट्रप्रमुखले पशुपतिको दर्शन गर्ने परम्परा रहँदै आएको छ ।















प्रतिक्रिया