
सिरहा, ६ फागुन । सिरहामा १३ वर्षीया बालिका बलात्कृत भएकी छिन् ।
बालिका बलात्कार गरेको अभियोगमा मिर्चैया नगरपालिका–४ कुथनुवा बस्ने १८ वर्षीय किशोरलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
किशोरले ती बालिकालाई सोही ठाउँस्थित बाँसघारीमा लगेर जबरजस्ती करणी गरेको उजुरीका आधारमा ती किशोरलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालयल मिर्चैयाले जनाएको छ ।
घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।















प्रतिक्रिया