१ कार्तिक २०८३, शनिबार

‘मिलिनियम किड्स इन्टरनेशनल’मा चार जना विजेता घोषित

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ फागुन । ‘मिलिनियम किड्स इन्टरनेशनल २०२३’मा एकसाथ चार जना विजेता घोषित भएका छन् ।

जमलस्थित राष्ट्रिय नाचघरमा शुक्रबार अबेर सम्पन्न प्रतियोगितामा जुनियर तथा सिनियर महिला र पुरुष गरेर एकसाथ चार जना विजेता छानिएका हुन् ।

प्रतियोगितामा ‘मिलिनियम किड्स इन्टरनेशनल’ जुनियर पुरुषतर्फ श्लोक अधिकारी शीर्ष विजेता घोषित हुँदा सिनियर पुरुषतर्फ हर्ष शेखर शर्मा विजेता भए । प्रतियोगितामा जुनियर पुरुषतर्फको फष्टरनरअप आशुतोस गौतम, सेकेन्ड रनरअफ एरिक महर्जन र थर्ड रनरअप थोमस चिनाल भए । जुनियर महिलातर्फ भने फष्ट रनरअप लावेन लिम्बु, सेकेन्ड रनरअफ श्रृजना प्रधान र थर्ड रनरअप रक्रिसा खड्का घोषित भए ।

त्यस्तै ‘मिलिनियम किड्स इन्टरनेशनल’ जुनियर महिलातर्फ अन्वेषा कालिकोटी विजेता चुनिदा सिनियर महिलातर्फ रीहाना महर्जनले शीर्ष उपाधि हात पारिन् । सिनियर महिलातर्फ फष्टरनरअप साहासिका श्रेष्ठ भइन् ।

रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीले आयोजना गरेको प्रतियोगिताको फाइनल स्पर्धामा रेखा शाह (गायिका), हरि कर्माचार्य (गायक), लियोन श्रेष्ठ (प्रिन्सिपल राजर्षी गुरुकुल स्कुल), रुपेश थापा (फेसन फोटो ग्राफर तथा भिडियो छायांकार), आशिष थापा (प्रमुख प्रशासक हिमालयन ह्वाइट हाउस स्कुल) सम्पुर्ण देवापाटे (माछापुच्छ्रे आइबी वल्र्ड स्कुलको प्रिन्सिपल तथा हेड अफ एकडेमिक) निर्णायक रहेका थिए ।

बालबालिकाको प्रतिभा निखार्दै उनीहरुलाई भविष्य निर्माणमा सक्षम बनाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजक रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीका प्रबन्ध निर्देशक, अन्तर्राष्ट्रिय मोडल तथा फेसन कोच राज फैजुले बताए ।

फैजु बिगत १३ वर्षभन्दा लामो समयदेखि गुणस्तरीय राष्ट्रिय तथा अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगितामा आयोजना गर्दै आएका छन् । ७ वर्षदेखि १३ वर्षसम्मका विद्यालय अध्ययनरत बालबालिकाको सहभागिता रहेको प्रतियोगीको कोरियोग्राफी अन्तर्राष्ट्रिय फेसन कोच राज फैजु आफैले गरेका थिए, भने ड्रेस डिजाइन श्रीषा बैदार र रेश्मा श्रेष्ठले गरेकी हुन् । विजेता सबैले उपाधिका साथमा विभिन्न गिफ्ट र अवसर समेत प्राप्त गरे ।