१ कार्तिक २०८३, शनिबार

नयाँ भर्सनमा गंगा बरदानको ‘कहाँमा काट्यो बेतको लौरी’ (भिडिओ)

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धरान, ६ फागुन । नेपाली बब मार्लीको उपनामले चिनिने लोकप्रिय लोक स्रस्टा गंगा बरदानको लोकप्रिय गीत ‘कहाँमा काट्यो बेतको लौरी’ नयाँ भर्सनमा सार्वजनिक भएको छ ।

बरदानले २०३५ सालमा रेडियो नेपालमा आफ्नो जीवनकै पहिलो गीत रेकर्ड गरेका थिए । त्यसपछि २०५५ साल ताका आफ्नो पहिलो एल्बम गंगा बरदान भाग–१ का लागि यहि गीत दोस्रो पटक काठमाडौंको नमस्ते स्टुडियोमा रेकर्ड गरेका थिए भने २०७९ सालमा आएर तेस्रो पल्ट धरानको न्यू भावना रेकर्डिङ्ग स्टुडियोमा तेस्रोपल्ट नयाँ भर्सनमा रेकर्ड गरेका हुन् ।

अहिलेसम्म पनि उत्तिकै सदाबहार गीतलाई यसपाली भने रेगी भर्सनमा बनाइएको छ । पुरानै लयलाई कति पनि नबिगारी संगीत संयोजनमा नयाँ टेस्टमात्र दिन खोजिएको गायक गंगा बरदानले जानकारी दिएका छन् ।

गीतको नयाँ भर्सनमा जुपिहाङ्ग लिम्बुको संगीत संयोजन तथा डम्बर लिम्बुको मिक्सिङ तथा मास्टरिङ रहेको छ ।

https://youtu.be/zE4iA4ypSMY