
कपिलवस्तु, ६ फागुन । जिल्लाको शिवराज नगरपालिकामा एक कार्यक्रमबीच सुरक्षित आप्रवासन कार्यक्रमको सामाजिक बहिस्करण र प्रभाव न्यूनीकरणसम्बन्धी अन्तरक्रिया सम्पन्न भएको छ ।
शिवराज नगरपालिकाभित्र रहेका वैदेशिक रोजगारमा जाने नेपाली कामदारलाई र उनीहरुका परिवारलाई सीपयुक्त जनशक्तिको विकास, सूचनामा पहुँच न्यायमा पहुँच, मनोसामाजिक परामर्श र वित्तीय साक्षरताका बारेमा जानकारी गराउन अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको शिवराज नगरपालिकाअन्तर्गत सामी कार्यक्रमकी मनोसामाजिक परामर्शकर्ता चन्द्रा पोखरेल बताइन् ।
वैदेशिक रोजगारीलाई सुरक्षित व्यवस्थित, मर्यादित, उपलब्धिमुलक एवम् शोषणरहित बनाउन नेपाल सरकार र स्वीस सरकारको द्विपक्षीय सम्झौता अनुसार शिवराज नगरपालिकामा लागू भई सञ्चालनमा रहेको कपिलवस्तु जिल्लाका कार्यक्रम संयोजक शुभाष रेग्मीले जानकारी दिए ।
नेपाल सरकार श्रम रोजागर तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत सञ्चालनमा रहेको यो परियोजना ३९ जिल्लाको १५६ वटा स्थानीय तहहरुमा सञ्चालन भइरहेको छ । कपिलवस्तुको वाणगंगा नगरपालिक, शिवराज नगरपालिका, कपिलवस्तु नगरपालिका र मायाँदेबी गाँउपालिकामा कार्यक्रम सञ्चालनमा रहेको संयोजक रेग्मीले बताए ।
कार्यक्रममा शिवराज नगरपालिकाका उप–मेयर शिव कुमारी थारुले वैदेशिक रोजगार वाट फर्केका युवाहरुलाई सिपको आधारमा पालिकाले रोगारीको अवसर दिने बताइन् । शिवराज नगरपालिकाले वैदेशिक रोजगारमा गएका परिवारलाई घर दैलोमा भेटघाट र मनौमासिक परामर्श दिदै आएकोले सामी परियोजनाका सम्पूर्ण टीमलाई धन्यवाद समेत व्यक्त गरिन् ।
हेल्भेटासका कार्यक्रम संयोजक जियाउल हकले सामाजिक बहिस्करण र प्रभाव न्यूनीकरण सम्बन्धी छलफलको सहजीकरण गरेका थिए । कार्यक्रम शिवराज नगरपालिका उप–प्रमुख शिवकुमारी थारुको अध्यक्षता वडा अध्यक्षहरुको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा वित्तीय साक्षरता सहजकर्ता श्रृजना पौडेललगायतको सहभागिता रहेको थियो । – दीपक खड्का















प्रतिक्रिया