
काठमाडौं, ६ फागुन । आईसीसी लिग–२ अन्तर्गत नेपालमा जारी त्रिकोणात्मक सिरिजको तेस्रो खेलमा नामिबियाले नेपाललाई २७५ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ ।
टियु क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नामिबियाले निर्धारित ५० ओभरमा ६ वीकेट गुमाउँदै २७४ रनको स्कोर तयार गगरेको छ ।
शुक्रबार स्कटल्याण्डसँग भएको खेलमा पनि नेपालले २७५ रनको विजयी लक्ष्य पाएको थियो । उक्त खेलमा नेपालले ४७ ओभरमा ७ विकेट गुमाउँदै लक्ष्य पूरा गरेर जित हासिल गरेको थियो ।
नामिबियासँगै भएको अघिल्लो खेलमा पनि नेपालले जित निकालेको थियो । लक्ष्य चुनौतीपूर्ण रहे पनि यो सिरिजमा नेपाललाई ह्याट्रिक जित निकाल्ने अवसर पनि प्राप्त भएको छ ।















प्रतिक्रिया