१ कार्तिक २०८३, आइतबार

नेपाली वेब सिरिज ‘लाल बहादुर, द स्पार्क’को पहिलो भाग सार्वजनिक

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ फागुन । जी मिडिया कनेक्सन प्रालिको ब्यानरमा निर्मित नेपाली वेवसिरिज ‘लाल बहादुर, द स्पार्क’को  प्रशारण सुरु भएको छ । हरेक हप्ता शुक्रबार नयाँ भाग सहित सार्वजनिक हुने सिरिजमा देवजंग थापाको लेखन तथा निर्देशन रहेको छ ।

सिरिजमा लोकप्रिय कलाकारहरु सरोज खनाल, सुनिल थापा, कमेडियन सिरिजमा खड्गबहादुर पुन (खबपु)को मुख्य भूमिका सहित सरिता राजोपाध्याय, लक्ष्मीनाथ तिमिल्सिना, गीता थापा पराजुली, रामबाबु रेग्मी, अनिता गिरी, जेनिस अधिकारी, रविन विष्ट, विश्व मुखिया लगायत कलाकारको अभिनय रहेको छ । मुख्यपात्र लाल बहादुरको भुमिकामा देखा परेका सरोज खनाल २०७२ सालको विनासकारी भुईचालो पछि पानीको मुहान सुकेको देउराली गाँउमा भएको पानीको समस्यालाई समाधान गर्न गाउँलेलाई समेटन लागेको पहिलो एपिसोडमा देखाईएको छ ।

सुनिल थापालाई भने गाँउपालिका अध्यक्षको रुपमा देखाईएको छ । मुख्य बाधाका रुपमा देखिएका सुनिल थापाले के कसरि बाधा अडचन ल्याउछन् अनि सरोज खनाल (लालबहादुर)ले कसरी गाउँमा पानी ल्याउछन्, यि सब जान्नका लागि भने आगामी एपिसोडहरु हेर्न पर्नेछ । चार सिजनको ५२ एपिसोड रहने सिरिजको पहिलो सिजन १३ एपिसोडको रहेको निर्देशक थापाले जानकारी दिए ।

प्रकाश आङ्बुहाङ (हाङबारे) निर्माता रहेको सिरिजमा नविन डाँगी निर्माण नियन्त्रक,नरेन्द्र लामा र स्वस्तिमा कार्कीको सह निर्देशन, प्रनुप थापाको संवाद, ईसिसि स्टुडियोको प्रोडक्सन, मदन न्यौपानेको श्रृङगार, विवेक उप्रेतीको सम्पादन र संजिव सुब्बाको सगीत रहेको छ । ‘लाल बहादुर, द स्पार्क’लाई जी मिडिया कनेक्सनको युट्युव च्यानलमा हेर्न सकिन्छ ।