
काठमाडौं, ५ फागुन । नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सन्जाल (इन्जा)ले यस वर्षदेखि सुरू गरेको इन्जा फोटो पत्रकारिता पुरस्कार लामो समयदेखि कार्यरत दुई जना फोटो पत्रकारलाई प्रदान गर्ने निर्णय गरेको छ ।
फोटो पत्रकारिताको माध्यमद्वारा नेपाली समाज तथा आम नागरिकलाई सुसूचित गराउँदै आएका वरिष्ठ फोटो पत्रकार नरेन्द्र श्रेष्ठ र सुरेशकुमार श्रेष्ठ (सुरज श्रेष्ठ)लाई प्रदान गर्ने निर्णय गरेको इन्जा ग्लोवलका अध्यक्ष गुणराज लुइँटेलले जानकारी दिए ।
५०/५० हजार राशीको उक्त पुरस्कार नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सन्जाल (इन्जा) को स्थापना दिवस मार्च १ अर्थात् फागुन १७ गते प्रदान गरिने भएको छ ।















प्रतिक्रिया