
काठमाडौं, ५ फागुन । नेकपा एमालेनिकट विद्यार्थीहरूको संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को २३औँ राष्ट्रिय महाधिवेशन बिहीबार सम्पन्न भएको छ ।
मंगलबार सुरू भएको महाधिवेशन नयाँ नेतृत्व चयन गर्दै बिहीबार सम्पन्न भएको हो । करिब सात वर्षपछि भएको सम्मेलनले समिक बडालको नेतृत्वमा १९९ सदस्यीय नयाँ केन्द्रीय कमिटी निर्वाचित गरेको छ ।
संगठनको उपाध्यक्षमा गोविन्द गिरी, धर्म गिरी, नारायण घर्ती र मर्यादा विष्ट निर्वाचित भएका छन् भने महासचिवमा नरेश रोकाया निर्वाचित भएका छन् । अनेरास्ववियुमा नयाँ नेतृत्वका लागि हिजो मतदान भएको थियो ।
नवनिर्वाचित कमिटीलाई आज शुक्रबार पार्टी अध्यक्ष केपी शर्मा ओलीले पद तथा गोपनीयताको सपथ गराएका छन् । पार्टी कार्यालय च्यासलमा आयोजित सपथ समारोहमार्फत उनीहरूलाई सपथ गराइएको हो ।
हेरौँ सपथ समारोहका केही तस्वीरहरू–

















प्रतिक्रिया