
काठमाडौं, ५ फागुन । काठमाडौंको त्रिभुवन विमानस्थलमा अवतरण गरलगत्तै मेलेसिय एअरको जहाजमा धुँवा निस्किएको छ ।
शुक्रबार दिउँसो एमएच १७० कलसाइन भएको विमान विमानस्थलमा अवतरण गरेलगत्तै धुँवा निस्किएको हो । विमानको ल्याण्डिङ गियरबाट धुँवा आएको हो ।
धुँवा निस्किए लगत्तै विमानस्थलस्थित वारुणयन्त्र र फायर फाईटिङ टोलीले तत्कालै विमानमा पानी हालेर ठूलो जोखिम हुन बाट जोगाएका छन् । विमानमा १ सय १८ यात्रु रहेका थिए ।
विमान १ बजे पुन क्वालालम्पुर फर्कनुपर्नेमा धुँवा निस्किएपछि उडान स्थगित छ । विमानमा थप परीक्षण भइरहेको र पूर्ण परीक्षणपछि मात्रै क्वालालम्पुर फर्किने छ ।















प्रतिक्रिया