
काठमाडौं, ५ फागुन । नेपाली बजारमा शुक्रबार पनि सुनको मूल्य घटेको छ ।
केही दिनदेखि नेपाली बजारमा सुनको मूल्य घटिरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्य तोलामा पाँचसयले घटेको हो ।
छापावाल सुन प्रतितोला एक लाख २ हजार ५ सय रूपैयाँमा कारोबार भइरहेको छ। यस्तै, तेजावी सुन प्रतितोला एक लाख २ हजार रूपैयाँमा कारोबार भइरहेको छ ।
महासंघकाअनुसार आज चाँदीको मूल्य पनि तोलामा १० रूपैयाँले घटेको छ । चाँदी प्रतितोला १ हजार २७५ रूपैयाँमा कारोबार भइरहेको जनाएको छ ।















प्रतिक्रिया