
काठमाडौं, ५ फागुन । काठमाडौंको कीर्तिपुरस्थित टियु क्रिकेट मैदानबाट एक व्यक्ति पक्राउ परेका छन् ।
नेपाल र स्कटल्याण्डबीच खेल भइरहेकाबेलामा प्रहरीले मैदानबाटै एकजनालाई पक्राउ गरेको हो ।
प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) ले पक्राउ परेका व्यक्तिको परिचय खुलाएको छैन । पक्राउ परेका व्यक्ति सट्टेबाजीमा संलग्न रहेको आशंकामा पक्राउ गरिएको बताइएको छ ।
उनीमाथि थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ ।















प्रतिक्रिया