१ कार्तिक २०८३, आइतबार

टर्की र सिरियामा भूकम्पमा परेर ४४ हजारभन्दा धेरैको मृत्यु, १० दिनपछि दुई पुरुषको जीवितै उद्दार

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

काठमाडौं, ५ फागुन । टर्कीमा गएको शक्तिशाली भूकम्पमा परेर टर्की र सिरियामा गरी हालसम्म ४४ हजारभन्दा धेरैको मृत्यु भएको छ ।

टर्कीमा मात्रै ३८ हजार ४४ जनाको मृत्यु भएको टर्कीका सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । यस्तै सिरियामा ५ हजार ८ सयभन्दा धेरैको मृत्यु भएको छ ।

घाइते हुनेको संख्या लाखौँ पुगिसकेको छ । उद्धारकर्मीहरुले उद्दारकार्यलाई जारी नै राखेका छन् ।

टर्कीको अन्टाक्यामा भत्किएको भवनमा फसेका दुई पुरुष २६१ घण्टापछि जीवितै फेला परेका छन् ।