२ कार्तिक २०८३, सोमबार

नुवाकोट बस दुर्घटना: मृत्यु हुनेको संख्या तीन पुग्यो (अपडेट)

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, ४ फागुन । नुवाकोटमा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या तीन पुगेको छ ।

विदुर नगरपालिका-४ बट्टारबाट तारकेश्वर गाउँपालिका-१ दाङसिङतर्फ जाँदै गरेको बा २ ख ८४५ नम्बरको बस विदुरको चैनपुरमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो ।

दुई जनाको दुर्घटनालगत्तै मृत्यु भएको थियो । मृत्यु हुनेमा विदुर नगरपालिका ३ का ६३ वर्षीय बाबुराम दर्जी नेपाली, ७८ वर्षीय रामप्रसाद अर्याल र एक जना महिला रहेकी छिन् । महिलाको पहिचान खुल्न सेकेको छैन ।

दुर्घटनामा ३४ जना घाइते भएका छन् । बस सडकबाट करिब २० मिटर तल खसेको छ । दुर्घटनापछि बस चालक फरार भएका छन् । उनको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।