२ कार्तिक २०८३, सोमबार

ग्यास लिक भयो भने के गर्ने ?

1.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ फागुन । पछिल्लो समय नेपालमा पनि खाना पकाउन एलपी ग्यासको प्रयोग बढ्दो छ ।

माग बढेसँगै यसबाट घट्ने घटना पनि बढ्दै गएका छन् । ग्याँस लिक भएर आगलागी हुने, सिलिण्डर नै विष्फोट हुने घट्ना बढिरहेका छन् । जसका कारण मानिसको अंगभंग हुनेदेखि ज्यानै जाने गरेको छ ।

बुधबार राति काँग्रेस सांसद चन्द्रकान्त भण्डारीको काठमाडौंस्थित घरमा ग्यास लिक भएर आगलागी हुँदा सांसद भण्डारीकी आमा हरिकलाको मृत्यु भयो भने भण्डारी गम्भीर घाइते भएका छन् ।

उनलाई उपचारका लागि भारत लगिएको छ । यस्तै, बिहीबार बिहान दाङमा सिलिण्डर नै विष्फोट हुुँदा दुई जना घाइते भएका छन् ।

ग्यास लिक भयो भने के गर्ने ?

-नडराउने
-झ्याल, ढोका, भेन्टिलेसन सबै खोल्ने ।
-बत्ति, धूप, आगो निस्कने सबै निभाउने।
-सिलिण्डरको क्याप लगाउने ।
-सिलिण्डरको रेगुलेटर, बर्नर बन्द गर्ने ।
-भान्साकोठामा कुनै पनि विद्युतीय स्विच, उपकरण वा उपकरणहरू नचलाउने ।
-बाहिरी स्रोतबाट विद्युत आपूर्ति हुने सबै बन्द गर्ने ।
-सिलिन्डरलाई खुला ठाउँमा लैजाने र भिजेको कपडाले छोप्ने।
-आपतकालीन सहायताको लागि डिलरलाई कल गर्ने
-यदि आवश्यक भएमा फायर ब्रिगेड र पुलिसलाई कल गर्ने।