
काठमाडौं, ४ फागुन । बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच दुई घण्टा ‘वान टू वान’ वार्ता भएको छ ।
विशेषत राष्ट्रपतिको टुंगो लगाउने विषयमा दुई नेताबीच छलफल भएको हो । तर आजको छलफलबाट पनि निष्कर्ष भने निस्किन सकेन ।
दुवै शीर्ष नेता आ-आफ्नै अडानबाट टसमस नभएका निकटस्थहरुले बताएका छन् । प्रधानमन्त्री प्रचण्ड राष्ट्रिय सहमतिको रटानमा छन् भने अध्यक्ष ओली राष्ट्रपति पूर्वसहमतिअनुसार एमालेले पाउनु पर्ने अडानमा छन् ।
दुवै जना अडानबाट टसमस नहुँदा छलफलमा निष्कर्ष निस्कन नसकेको हो ।















प्रतिक्रिया