
काठमाडौ, ४ फागुन । दाङमा बिहीबार बिहान खाना पकाउने ग्यास सिलिण्डर विष्फोट हुँदा दुई जना घाइते भएका छन् ।
तुलसीपुर उपमहानगरपालिका-१६ को लहलौरास्थित कृषि बीउ उत्पादन कम्पनीमा ग्यास सिलिण्डर विष्फोट भएको प्रहरीले जानकारी दिएको छ ।
विष्फोटबाट ५० वर्षीया कुसुम केसी र चितवनको भरतपुर महानगरपालिका घर भई तुलसीपुर- १६ बस्ने २९ वर्षीय आशिष खनाल घाइते भएका छन् ।
घाइते दुवै जनाको उपचार भइरहेको छ ।















प्रतिक्रिया