२ कार्तिक २०८३, सोमबार

प्रधानमन्त्री प्रचण्डद्वारा सांसद भण्डारीको स्वास्थ्य लाभको कामना

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

काठमाडौं, ४ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ग्यास सिलिण्डर विष्फोटबाट गम्भीर घाइते भएका नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

सामााजिक संजाल फेसबुकमार्फत प्रचण्डले भण्डारीको स्वास्थ्य लाभको कामना गर्नुका साथै आमा हरिकला भण्डारीप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका हुन् ।

‘ग्यास सिलिण्डर बिस्फोटमा परी गम्भिर घाइते हुनुभएका नेपाली कांग्रेसका नेता एवं गुल्मी क्षेत्र नं.–१ का माननीय सांसद चन्द्र भण्डारीको शिघ्र स्वास्थ्यलाभको कामना गर्दछु । बिस्फोटमा परी दुखद् निधन भएकोमा उहाँकी आमा हरिकला भण्डारीप्रति भावपूर्ण श्रद्धाञ्जली गर्दै परिवार र शुभेच्छुकहरूमा गहिरो समवेदनासहित धैर्यधारणको कामना गर्दछु,’ प्रचण्डले लेखेका छन् ।

खाना पकाउने ग्याँस सिलिण्डर विस्फोटबाट घाइते भएका नेपाली कांग्रेस सांसद चन्द्र भण्डारीको स्वास्थ्य अवस्था गम्भिर छ ।