
काठमाडौं, ४ फागुन । ग्यास सिलिण्डर विष्फोटबाट गम्भीर घाइते भएका नेपाली काँग्रेसका सांसद चन्द्रकान्त भण्डारीलाई थप उपचारका लागि भारत लैजाने सम्पूर्ण तयार पूरा भएको छ ।
भण्डारीलाई उपचारका लागि मुम्बईस्थित नेशनल बर्न सेन्टरमा लैजान लागिएको हो । भण्डारीलाई भारत लैजानका लागि एयर एम्बुलेन्सको तयारी भइसकेको छ ।
भण्डारीसँगै ६ जना चिकित्सकको टोलीसहित ११ जना भारत जाने तयारी भएको बताइएको छ । भण्डारीलाई बिहीबार दिउँसो २ बजेपछि श्री एयरलाइन्सको विमानमार्फत मुम्बइ लगिने छ ।















प्रतिक्रिया