
मकवानपुर, ४ फागुन। पूर्व-पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका-८ दारिमबासबाट ५ किलो ५७० ग्राम लागुऔषध गाँजासहित तीन जना भारतीय पक्राउ परेका छन् ।
बिहीबार बिहान बागमती प्रदेश प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक कृष्णराज ढकालको कामण्डमा खटिएको टोलीले शंकास्पद अवस्थामा हिँडिरहेका उनीहरुलाई चेकजाँच गर्ने क्रममा गाँजासहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहरुमा भारत बिहारको थाना बेतिया ग्राम पर्वत पथराई ५ बस्ने २५ वर्षीय सम्सोदिन अंसारी, ४५ वर्षीय श्याम किशोर सिंङ र सोही ठाउँका १९ को दुर्लब कुमार रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
अंसारीले १ किलो ९५० ग्राम, सिंङले ७५० ग्राम र कुमारले १ किलो ९६० ग्राम गाँजा बोकेको प्रहरीले जनाएको छ । उनीहरुले ज्याकेट भित्र प्लाष्टिकले बेरेर डोरिले बाँधेर गाँजा बोकेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका तीनैजनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।















प्रतिक्रिया