
काठमाडौं, ४ फागुन । गत सोमबार गोंगबुमा यातायात मजदुरको आन्दोलनका क्रममा भएको घटना छानबिनका लागि समिति गठन भएको छ ।
डीआईजी मसाउद आलम खाँ को नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको हो । समितिमा उपत्यका प्रहरी कार्यालयका एसएसपी हिमालय श्रेष्ठ र जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी सिताराम रिजाल सहित ५ जना छन् ।
यातायात मजदुरको आन्दोलनका क्रममा नयाँ बसपार्कस्थित ल्होत्से मलमा लुटपाट हुनुका साथै प्रहरीको गाडीमा आगजनीसमेत भएको थियो ।
घटनामा संलग्न केही व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।















प्रतिक्रिया