२ कार्तिक २०८३, सोमबार

सभापति देउवा र सभामुख घिमिरेले अस्पताल पुगेर लिए सांसद भण्डारी र आमाको स्वास्थ्यबारे जानकारी

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ फागुन । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले अस्पताल पुगेर ग्यास सिलिण्डर बिष्फोटबाट गम्भीर घाइते भएका काँग्रेस सांसद चन्द्रकान्त भण्डारी र उनकी आमा हरिकलाको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

कीर्तिपुरस्थित बर्न अस्पताल पुगेर देउवा र घिमिरेले उनीहरुको स्वास्थ्य अवस्था बुझेका हुन् । सांसद भण्डारी र आमाको स्वास्थ्य बुझन विभिन्न दलका नेताहरु अस्पताल पुगिररहेका छन् ।

भण्डारी र आमालाई थप उपचारका लागि भारत लैजाने तयारी भइरहेको छ ।