
कठमाडौं, ४ फागुन । ग्यास सिलिण्डर बिष्फोटपछि गम्भीर घाइते भएका नेपाली काँग्रेसा सांसद डा. चन्द्र भण्डारी र उनकी आमा हरिकलालाई थप उपचारका लागि भारतको मुम्बई लैजाने तयारी भइरहेको छ ।
उनीहरुलाई मुम्बईस्थित नेशनल बर्न अस्पताल लैजान लागिएको हो । सांसद भण्डारीको शरिरको २५ देखि ३० प्रतिशत भाग जलेको छ भने आमाको ७० प्रतिशत शरिर जलेको छ ।
नेपालमा उपचार सम्भव नहुने भएपछि अस्पतालले नै उनीहरुलाई भारत लैजान सुझाव दिएको हो ।
घाइते भण्डारी भने थप उपचारका लागि मुम्बई जान मानिरहेका छैन । तर पारिवारिक सल्लाहमा भण्डारी र आमालाई भण्डारीको स्वीकृति बेगर मुम्बई लैजाने निर्णय भएको बताइएको छ ।















प्रतिक्रिया